गठबन्धन आयोगले चिन्दैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, २९ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनलाई निर्वाचन आयोगले नचिन्ने बताएका छन् । आज आइतवार सम्पादकहरूसगको अन्तरक्रियामा आयुक्त थपलियाले कानुनतः गठबन्धनलाई आयोगले नचिन्ने बताएका हुन् । निर्वाचनमा उम्मेदवार भएकाहरूको मात्र चुनाव चिन्ह राखिने भन्दै उनले निर्वाचनमा भाग नलिएका पार्टीको चुनाव चिन्ह मतपत्रमा नराखिने बताए । कुनै जिल्लामा चार जना मात्र उम्मेदवार भएको अवस्थामा आयोगले निर्वाचनमा सातै उम्मेदवार हुनुपर्छ भन्न नमिल्ने उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति