बार्सिलोना पहिलो खेलमै रोकियो

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सीमित बार्सिलोनाले खेलमा पकड बनाए पनि अग्रपंक्तिमा भने चुस्त देखिएन ।

भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जनभन्दा बढी प्रहार गरेपनी गोल भने हुन सकेन ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । यद्यपि, गोलबिहीन रहे ।

खेलको इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board