आज वर्षाको सम्भावना, सुदूरपश्चिमममा भारी वर्षा हुनसक्ने

काठमाडौँ । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार बागमती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आंकलन गरिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board