गठबन्धनका कुन दलको भागमा कति सिट ?

काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका मिति घोषणा गरेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

शीर्ष नेताहरूले भागबन्डा मिलाउन नसकेपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको साउन २६ गते बसेको बैठकले २०७९ को स्थानीय तह निर्वाचनमा पाएको मत बढी विश्वासनीय बन्न सक्ने निष्कर्ष निकालेको छ ।

गत निर्वाचनमा वडाध्यक्षका सबै उम्मेदवारले प्राप्त गरेको १ करोड १५ लाख ४० हजार ३८ मतमध्ये गठबन्धनका पाँच दलले ६५ लाख ४८ मत पाएको थियो । गठबन्धन दलले प्राप्त गरेको मतलाई १६५ निर्वाचन क्षेत्रले भाग गर्दा प्रति निर्वाचन क्षेत्र ३९ हजार ३९४ मत पर्न जान्छ ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३, माओवादी केन्द्रले १५ लाख ३ हजार २४७, जसपाले ५ लाख ७७ हजार ३८०, एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ र जनमोर्चाले ४० हजार ४९१ मत पाएको थियो । जसअनुसार कांग्रेसले १००, माओवादीले ३८, जसपाले १५, एकीकृत समाजवादीले ११ र जनमोर्चाले १ सिट पाउने देखिन्छ ।

स्थानीय निर्वाचनपछि डा.बाबुराम भट्टराईको नेतृत्वमा जसपा विभाजित भएको छ । जसपाले वडाध्यक्षमा पाएको कति मत भट्टराईको पक्षमा हो भन्ने अनुमान गर्न भने सजिलो छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board