नितिश कुमारले छाडे पनि भारतमा मोदी नै बलियो, तेस्रो पटक बहुमत ल्यउने सर्वेक्षण

काठमाडौँ । बिहारका मुख्यमन्त्री नितिश कुमारले भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी तोडेर अन्य सात दलसँग महागठबन्धन गरेसँगै भारतको २०२४ मा हुन लागेको लोकसभा चुनावमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भापजाले बहुमत प्राप्त गर्न सक्छ वा सक्दैन भन्ने बहस सुरू भएको छ ।

वर्तमान अवस्थामा भाजपाले आगामी चुनावमा पनि बहुमत प्राप्त गर्ने दाबी गरिएको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले पोलिङ एजेन्सी सि–भोटरसँगको सहकार्यमा गरेको सर्वेक्षणअनुसार आगामी चुनावमा सत्ता गठबन्धनले कुला ५३३ सिटमध्ये २८६ सिट जित्न सक्ने सम्भावना रहेको छ ।

नितिश कुमार नेतृत्वको जनता दल (युनाइटेड)ले भाजपासँग नतोडेको भए सत्ता गठबन्धन ३०७ सिट आउने प्रक्षेपण गरिएको थियो ।

हाल भाजपा नेतृत्वको सत्ता साझेदार एनडिएको लोकसभामा ३०० माथि सिट रहेको छ । फेब्रुअरी र अगष्ट बीचमा कुल १ लाख २२ हजार १६ जना व्यक्तिहरूमा गरिएको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । अब हुने चुनावमा पनि भाजपा गठबन्धनले बहुमत प्राप्त गरेको सन्दर्भमा मोदीले प्रधानमन्त्रीको रूपमा ‘ह्याट्रिक’ गर्ने छन् ।

सर्वेक्षणका अनुसार भारतका ५३ प्रतिशत मानिसले मोदीलाई नै अबको प्रधानमन्त्रीको रूपमा चुन्ने बताएका छन् भने ९ प्रतिशतले राहुल गान्धी र ७ प्रतिशतले अरविन्द केजरिवाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति