महाकालीमा डुबेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन् ।

बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board