अलिबाबादवारा दश हजार कर्मचारी कटौती

काठमाडौँ । विद्युतीय व्यापार (ई–कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ ।

आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठुलो संख्यामा कर्मचारी कटौती गरेको हो ।

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त विवरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ४५.१४ अर्ब युआन थियो ।

जसका कारण चालु आर्थिक वर्षमा आम्दानीको दर घटेको र सम्भाव्य आर्थिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अलिबाबाले सो मात्रामा कर्मचारी कटौती गर्नु परेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board