देशभर हल्कादेखि मध्यम वर्षको सम्भावना

काठमाडौँ । आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहने छ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ ।

शनिबार प्रदेश १ र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board