एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति

काठमाडौं, २६ साउन । नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । 

समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति