कोरोना संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।

यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।   

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board