मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकजना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार 

काठमाडौं, २६ साउन । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिडिरहेकी उनलाई ठक्कर दिएको थियो । 

एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति