९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौँ । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ ।

मुख्यतः काठमाडौँ उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात् शुक्रबार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्पराअनुसार आफ्ना धार्मिक कृत्य शुक्रबार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि सुरू हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सोसँगै झन्डै ९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board