उत्तर कोरियाली नेता किमलाई भएको थियो कोभिड–१९

एजेन्सी । उत्तर कोरियाका किम जोङ–उन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छन् । उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ ।

उत्तर कोरियामा महामारी फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छन् । दक्षिण कोरियाले सीमामा कोभिड संक्रमित पर्चाहरू पठाइदिएको उनले आरोप लगाइन् । तर, दक्षिण कोरियाले उक्त दाबीलाई निराधार बताएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले देशले कोभिडमाथि विजयी घोषणा गरिरहेका बेला उनकी बहिनी जोङले आफ्ना दाजुलाई पनि ज्वरो आएको बताएकी हुन् ।

उत्तर कोरियाले महामारीको सुरुवाती दिनमा ज्वरोको महामारी फैलिएको बताएको थियो । प्रारम्भिक दिनमा उसले कुनै परीक्षण पनि गरेको थिएनन् ।

उत्तर कोरियामा सुरूमा मे महिनामा महामारी फैलिएको थियो । त्यसलगत्तै संक्रमण र मृत्युका घटना बढेका थिए । तर, उत्तर कोरियाले कोभिडबाट सार्वजनिक गरेको मृत्यु र संक्रमणको तथ्यांकबारे चौतर्फी आशंका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति