बिहारमा विजेपी विरोधी महागठबन्धन बनेसंगै नितिश कुमार भावी प्रधानमन्त्रीको उमेद्वार बन्ने तयारीमा

काठमाडौं २६ ससाउन । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा नितिश कुमारले विजेपीसग सम्वन्ध विच्छेद गरी बुधबार पुनः मुख्यमन्त्रीको सपथ लिएका छन्। उनीसँगै तेजश्वी यादवले उपमुख्यमन्त्रीको सपथ खाएका छन्। नितिश विजेपी विरोधी महागठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । यस अघि उनी विजेपीको सहयोगमा पदमा वहाल रेहका थिए ।
मंगलबार पदबाट राजीनामा दिएका नितिशले बुधबार पटनामा आठौं पटक बिहारको मुख्यमन्त्रीको सपथ लिएका हुन्।
सन् २०२० को बिहार विधान सभा चुनावमा २४३ मध्ये ४५ सिट मात्र जितेको जनता दल का नेता नितिशको राजीनामा र सपथले बिहारमात्र होइन भारतीय राजनीतिमा पनि तरंग आएको छ।

नितिशले केन्द्रीय सत्ता चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर सरकार चलाइरहेका थिए। मंगलबार उनले भाजपासँगको पाँच वर्ष लामो पछिल्लो सहकार्य तोडिदिएका छन्। उनीहरूबीचको गठबन्धन तोडिएपछि आरोप(प्रत्यारोप चलिरहेको छ।
नितिशले भाजपा नेताहरूले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् भने भाजपाका नेताहरूले भने नितिशले आफूलाई धोका दिएको बताएको छन्। भाजपाका कार्यकर्ताले बुधबार पटनामा नितिशविरूद्ध नाराबाजी पनि गरेका छन्।
नितिशले अघिल्लो दिन राजीनामा दिएर अर्को दिन मुख्यमन्त्रीको सपथ लिएको यो पहिलो पटक होइन।

यसअघि सन् २०१७ मा पनि अर्को गठबन्धनलाई छोडेर भाजपासँग आउँदा यस्तै रणनीति अपनाएका थिए।
भारतका विभिन्न राज्यमा एक्लै मानिसले साढे दुई दशकसम्म मुख्यमन्त्री चलाएको रेकर्ड छ। नितिशले ती रेकर्ड त तोडेका छैनन् तर आफ्नो पार्टीको स्पष्ट बहुमत नहुँदा पनि प्रदेशको राजनीतिमा कसरी दबदबा राख्न सकिन्छ भन्ने देखाएका छन्। आफ्नो स्वार्थअनुसार एउटा गठबन्धनबाट अर्कोको हाम फाल्ने मामिलामा उनी बदनाम पनि छन्।
राजनीतिको सुरूमा नितिश समाजवादीहरूसँग नजिक थिए। पछि उनी लालुप्रसाद यादवको पार्टीमा आवद्ध भए।
सन् १९९४ मा नितिले जर्ज फर्नान्डेजसँग मिलेर उनले समता पार्टी गठन गरे। १९९६ मा उनी भारतीय जनता पार्टीसँग सहकार्य गरे। १९९९ देखि २००४ सम्म उनी अटलविहारी वाजपेयी नेतृत्वको सरकारमा विभिन्न मन्त्री बने। केन्द्रीय रेल मन्त्री रहेका बेला एउटा रेल दुर्घटना भएपछि उनले राजीनामा दिएका थिए।
पहिलो पटक उनी सन् २००० मा सात दिनका लागि बिहारको मुख्यमन्त्री बनेका थिए।
सन् २००३ मा उनले समता पार्टी, लोक शक्ति, शरद पावरको जनता दल, राष्ट्रिय लोक समता पार्टी मिलाएर जनता दल (युनाइटेड) खोले।
२००५ मा उनी त्यही दलबाट मुख्यमन्त्री बने। त्यसपछि उनको सहकार्य भाजपासँगै भयो।
२०१० मा तेस्रो, २०१५ मा चौथो र पाँचौं, २०१७ मा छैठौं, २०२०मा सातौं पटक मुख्यमन्त्रीको सपथ लिएका उनले आज आठौं पटक मुख्यमन्त्रीको सपथ लिएका हुन्।
२०१३ सम्म उनी भारतीय जनता पार्टीको गठबन्धनमा थिए। सन् २०१४ को लोकसभा चुनावमा भाजपाले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएपछि उनले भाजपाको साथ छोडिदिए। २०१४ को लोक सभा चुनावमा पार्टीले नराम्रो हार व्यहोरेपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
२०१५ मा उनले लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र कंग्रेस आईसँग मिलेर सरकार बनाए। बिहारको राजनीतिमा पकड भएका लालुले यतिन्जेलसम्म आफ्ना छोरा तेजश्वीलाई पार्टीमा पनि उत्तराधिकारीका रूपमा अघि सारिसकेका थिए। बुवाको साथी भएकाले तेजश्वी नितिशलाई चाचा (काका) भन्थे। तेजश्वी उपमुख्यमन्त्री बने। त्यतिबेला उनीहरूलाई बिहारमा ‘चाचा(भतिज’ को जोडी भनिन्थ्यो।
दुई वर्षपछि तेजश्वीले भ्रष्टाचार गरेको टुलुटुल हेरेर बस्न नसक्ने भन्दै नितिशले गठबन्धन छोडिदिए। राजीनामा दिएको अर्को दिन उनी फेरि भाजपाको समर्थनमा मुख्यमन्त्री बने।
२०२०को बिहार विधान सभा चुनावमा भाजपासँग गठबन्धन गरेर उनको दल चुनाव लड्यो।
२४३ सदस्यीय बिहार विधान सभामा भाजपाले ७७ सिट जित्यो भने नितिशको जनता दल ९युनाइटेड० ले ४४ सिटमात्र पायो। तैपनि उनी नै मुख्यमन्त्री बने।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार २०२४ को लोक सभा चुनावमा नितिश अब विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार हुने चर्चा छ।
केही दिनअघि उनले कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग टेलिफोनमा कुरा गरेका थिए। उक्त कुराकानीका क्रममा सोनियाले भावी प्रधानमन्त्रीको उम्मेदवारबारे कुरा गरेको दाबी गरिएको छ।
सोनिया र नितिशबारे भएको कुराकानीबारे दुबै दलले अस्वीकार गरेका छैन तर के कुरा भएको हो भन्नेबारे पनि खुलाएका छैनन्।
(बिबिसी हिन्दी, एनडिटिभीलगायत विभिन्न भारतीय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board