आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।

शुक्रबार देशभर बदली रहने छ । देशका थोरै स्थान र बाँकी भूभागमा एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति