सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौँ, २६ साउन । सत्तारूढ गठबन्धनको सिट संख्या बाँडफाँडका लागि बनेको कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको हो ।

कार्यदलको पहिलो बैठक गत २४ असारमा बसेको थियो । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।

यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार आज बस्ने बैठकमा सिट संख्याको बारेमा छलफल हुने छ । यसअघि नै बाँडफाँड गर्दा लचक हुने समझदारी बनेको छ ।

गत शुक्रबार गठबन्धको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव वेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रमक चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board