वामपन्थी दलमध्ये माओवादी केन्द्र पहिलो पार्टी बन्छ : मन्त्री पौडेल

हेटौँडा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) वामपन्थीमध्येको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि माओवादीले देशको वामपन्थी पार्टीहरूको नेतृत्व गर्ने दाबी गरे ।

प्रेस सेन्टर मकवानपुर समन्वय समितिले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यो पटक माओवादी वर्तमान गठबन्धनबाटै निर्वाचनमा होमिने बताए । एमालेसँगको गठबन्धनबारे अहिलेसम्म औपचारिक कुराकानी नभएको भन्दै उनले निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा नयाँ गठबन्धन बनाउने कामतिर नलाग्ने, वर्तमान गठबन्धनमा नै समावेश भएर निर्वाचन लड्ने उनको भनाइ छ ।

यो गठबन्धन ‘सिस्टम’ निर्माणका लागि बनेको भन्दै उनले भने, “हामीलाई सत्ताका लागि गठबन्धन बनायो भन्ने आरोप छ । तर, यो गठबन्धन सिस्टम निर्माणका लागि हो, तसर्थ तीन तहको नयाँ सरकार स्थापना नभै टुट्ने कुरै भएन ।”

मन्त्री पौडेलले अहिलेको सरकारलाई परमादेश भन्ने एमालेको धारण गलत रहेको बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भयरहित तथा शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न सरकार लागिपरेको भन्दै निर्वाचनका कामहरू अघि बढिसकेको दाबी गरे । निर्वाचनलाई केन्द्रमा राखेर सरकारले गतिविधिहरू अघि बढाइसकेको भन्दै मन्त्री पौडेलले सरकारको यो महत्वपूर्ण जिम्मेवारीलाई विवादरहित गहन ढंगबाट पूरा गर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board