काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी

काठमाडौं । काठमाडौंको बालाजु बाइसधारास्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको छ ।

आगो निभाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।

काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति