सी जिनफिङले डरलाग्दो बदमासी गरे : पेलोसी

एजेन्सी । ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर ठुलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

चिनियाँ सैन्य अभ्यासलाई ताइवानले टापुमा आक्रमण गर्न अभ्यासको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।

चिनियाँ विमान र जहाज आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अष्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board