साकेलाका भूकम्प पीडितलाई राहत

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ । गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षति पुगेका १४ परिवारलाई रेडक्रसले राहत प्रदान गरेको हो ।

पहिरो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टीलगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए ।

भूकम्पबाट १४ घरमा पूर्ण र ४८१ घरमा आंशिक क्षति पुगेको साकेला गाउँपालिकाका भूकम्प फोकल पर्सन नासु सुवास राईले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board