मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले मगंलबार सार्वजनिक गरेको हो ।

उनीहरूले बाराको महागढीमाई नगरपालिका १ स्थित बरियारपुरबाट गत १९ बिहीबारदेखि २ वटा मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले पचरौता नगरपालिका–७ बेनौलीका २१ वर्षीय विशालकुमार सहनी र सोही स्थानका २० वर्षीय भोला पटेललाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकालाई बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीमा संलगन थप चारजना मानिससहित विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकलसमेत बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवम् नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरीले चोरीमा संलगन रहेका पचरौता नगरपालिका–७ का २१ वर्षीय विशाल कुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति