नर्भिक अस्पतालको संरचना भत्काउन आफै पुगे मेयर बालेन्द्र

काठमाडौं । नर्भिक अस्पतालले विना नक्सापास बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुगेका छन् ।

हिजो दिउँसो २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सा पास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर बालेन्द्र आफैं पुगेका हुन् ।

नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसँग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिएका छन् ।

तर, नर्भिक अस्पतालले भने तत्काल संरचना हटाउन नसक्ने बताएको छ।

मेयर बालेन्द्र पुगेसँगै अस्पतालका कर्मचारीहरुले उनलाई नभत्काउन आग्रह गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति