निर्वाचन आयोगमा एमालेले गरायो दल दर्ता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गराएको हो । एमाले आयोगमा १०औं नम्बरमा दर्ता भएको दल हो । दर्ता नम्बर भने ३८१ रहेको छ ।

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति