ताइवान स्ट्रेटमा तनाव : ताइपेइको सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

एजेन्सी । ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठुलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौँ आर्मी कोर्प्रसका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठुलो सैन्य अभ्यास गेको थियो । दशकौँपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् ।

ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ ।

मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौँ सेना र करिब ४० हाउविजर (लामो दुरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति