काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाअनुसार नै कर्मचारीहरूको तलब वृद्धि हुने बताएका छन् । कर्मचारीको तलब वृद्धि बजेट घोषणाविपरीत रहेको भन्दै कर्मचारीहरू आन्दोलित भएपछि अर्थमन्त्री १५ प्रतिशत मात्र तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका छन् ।
सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीबीच भएको भेटमा बजेट घोषणाअनुसार नै तलब वृद्धि हुने बताएका हुन् । ५ कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणाअनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिवद्धता जनाएका हुन् ।
बजेट भाषणअनुसार सबै राष्ट्र सेवक कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ । तर, पछि कर्मचारीहरूको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरण सार्वजनिक भएपछि विवाद सुरू भएको थियो ।
COMMENTS