युक्रेन युद्धमा ८० हजार रूसीको मृत्यु भएको हुन सक्छ : अमेरिका

एजेन्सी । २४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ,’ रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए ।

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीव्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति