सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् ।

डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आज चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने, ‘राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।’ उनले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याए ।

आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठुला आयोजना सञ्चालन गर्न नसकिने बताउँदै महामन्त्री शर्माले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गरे । ‘मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश बनाउन एमसीसी स्वीकार गरिएको हो,’ उनले भने, ‘अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेका छन् ।’

मुलुकले तीव्र विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति रहेको उनको भनाइ छ । विकास आयोजनाको वास्तविकता नबुझी दलका नेतृत्व लिएका नेताहरूले सबै थोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र पर्ने गरेको उनले बताए । देशको प्रगतिका लागि कम्तीमा १५ वर्षे योजना बनाएर काम गर्न सके मात्र मुलुक अर्काको सहयोगमा चल्नु अवस्थाको अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board