नेकोस र सेभ द हार्टको सहकार्यमा निःशुल्क एक दिने स्वास्थ्य शिविर

काठमाडाै, २२ साउन । गैरसरकारी संस्था नेपाल कोरिया कल्चर एल्चरल एक्सचेञ्ज एन्ड सोसियल अर्गनाइजेसन (नेकोस) र सेभ द हार्टको सहकार्यमा निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–८ स्थित सेन्ट जोन्स स्कुलमा आयोजना भएको शिविरमा नगरपालिकाका मेयर मीठाराम अधिकारीले स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य शिविरको शुभारम्भ भएकाे हाे । शिविरमा बुढानिलकण्ठ नगरपालिका जनप्रतिनिधिहरू, प्रहरी नायब उपरीक्षक सन्देश बिष्ट नेतृत्वको प्रहरी टोलीलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरबाट महिला तथा बालबालिका, मुटु रोगी, विद्यार्थी एवं अभिभावकले लाभ लिएको सेन्ट जोन स्कुलका प्रिन्सिपल रुकेश तामाङले बताए ।

बाल रोग तथा मुटुरोग विशेषज्ञ प्रा. डा. दिनेशप्रसाद कोइराला, मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराई, असिस्टेन्ट प्रा. डा. सूर्य देवकोटासहितको टिमले स्वास्थ्य शिविरमा सेवा दिएको कार्यक्रम संयोजक इन्द्र महराले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति