नेपालमा छायांकन गरिएको ‘उचाइ’ फिल्मको फर्स्ट लुक सार्वजनिक

काठमाडौं, २२ साउन । नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ ।

पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीनजना साथीलाई देखाइएको छ ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । यो फिल्म आगामी ११ नोभेम्बरका दिन रिलिज हुँदैछ । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका रहेको छ । यो सिनेमा नेपालका विभिन्न हिमाली भेगमा सुटिङ गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board