संसदमा प्रदीप ज्ञवालीले भने- अर्थमन्त्रालयमा सचिवहरुको भागभाग छ 

काठमाडौं, २२ साउन । एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ । 

‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे । तर, अहिलेसचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ,’ ज्ञवालीले भने । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति