चिनियाँ विदेशमन्त्रीको पूर्वी एसियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पन्हमा आयोजित १२औँ पूर्वी एसिया शिखर सम्मेलनका विदेशमन्त्रीहरूको बैठकमा भाग लिने क्रममा पूर्वी एसियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखेका छन् ।

मन्त्री वाङले क्षेत्रीय शान्ति, स्थायित्व र विकासको प्रवर्द्धन गर्ने स्पष्ट उद्देश्यका साथ पूर्वी एसिया शिखर सम्मेलनको स्थापना भएको र यसको केन्द्रीयतामा जोड दिनुपर्ने बताए । ‘हालको अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्था जटिलताबाट गुज्रिरहेको र अनिश्चितता र अस्थिरताका प्रमुख समस्याहरूमा अल्झिएका छन्,’ वाङले भने ।

महामारीपछिको आर्थिक पुनरूत्थान सुस्त रहेको, युक्रेन संकटका नकरात्मक प्रभावहरू फैलिएको, ऊर्जा, खाद्यान्न र आर्थिक समस्याहरू एकपछि अर्को गरी देखापरेको र औधोगिक तथा आपूर्ति श्रृंखलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताए ।

उनले पूर्वी एसिया शिखर सम्मेलनले सबै पक्षबीच सहमति निर्माण गर्न र चुनौतीहरूलाई सही ढंगले सम्बोधन गर्न सकरात्मक भूमिका खेल्ने अपेक्षा क्षेत्रीय राष्ट्रहरूले गरेको बताए ।

‘हामीले शिखर सम्मलेनको मूल उद्देश्यको समीक्षा गर्नुपर्छ । यसको विकासको दिशालाई निरन्तरता दिनुपर्छ र क्षेत्रीय संरचनालाई असर गर्नबाट साना विशेष गुटहरूलाई रोक्नुपर्दछ,’ उनले भने । मन्त्री वाङले साँचो बहुपक्षीयतावादलाई समर्थन गर्न, साझा, व्यापक, सहकारी र दिगो सुरक्षाको दृष्टिकोणको वकालत गर्न र संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताहरूको रक्षा गर्नसमेत आह्वान गरे ।

यसैगरी मन्त्री वाङले शिखर सम्मेलनको आगामी विकासका लागि चीनको तीन बुँदे प्रस्ताव गरेका छन् । ती प्रस्तावमा राजनीतिक सुरक्षासम्बन्धी वार्तालाई रचनात्मक ढंगले अघि बढाउने, विकास र सहयोगका लागि शिखर सम्मेलन बलियो बनाउने र जोखिम एवम् चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्षमता प्रवर्द्धन गर्नेलगायत छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board