भारतलाई यू–२० साफको उपाधि

काठमाडौँ । गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यू–२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो ।

भारतको जितमा गुरकिरतले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे । खेलको निर्धारित समय भने २–२ को बराबरीमा टुंगिएको थियो । त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गर्‍यो ।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत् गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैँले कुनै गल्ति गरेनन् ।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काएका थिए ।

४८औँ मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१औँ मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए । यसपछि खेलको ९२औँ मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे । खेलको ९९औँ मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौँ गोल गरे ।

यसअघि भारत लिग चरणमा बंगादेशसँग २–१ ले पराजित भएको थियो । भारतले प्रतियोगिताका पाँच खेलमध्ये चार खेलमा जित निकाल्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board