लेडी गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय

काठमाडौँ । हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।

आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताएका छन् ।

आरोपीलाई २४ फेब्रुअरी २०२१ मा भएको फाइरिङ र कुकुर अपहरणको एक ड्रामेटिक सर्विलान्स भिडियोको आधारमा पक्राउ गरिएको थियो । भिडियोमा दुई व्यक्तिले रेयानलाई हमला गरेको देखिएको थियो । जसमा एकले कुकुरलाई पक्रेका थिए भने अर्काले बन्दुक तेर्स्याएका थिए । त्यसपछि बन्दुकको आवाज आउँछ र उनीहरु पछाडि भाग्छन् ।

त्यसपछि उनीहरु दुई कुकुरलाई लिएर फरार हुन्छन् । तर, अर्को कुकुरलाई भने प्रहरीले बचाएका छन् ।

लेडीले कुकुर भेटाउनेलाई पैसा दिने घोषणा गरेकी थिइन् । उनले झण्डै पाँच लाख अमेरिकी डलर इनाम दिने बताएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति