ब्रम्हलुटको अन्त्य गर्न राप्रपा नेपाल रोजौँ : महामन्त्री बर्तौला

मन्थली । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भइरहेको ब्रम्हलुटको अन्त्य गर्नको निमित्त जनताले आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन् ।

आज रामेछापको मन्थलीमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौँ, समृद्धि ल्याउँछौँ भन्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको समेत आरोप लगाए ।

भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । विदेशी शक्ति खुसी पारेर नेपाली जनतामाथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले पार्टी र बिचारलाई स्थापित गर्न संगठनलाई केन्द्रमा राखी अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board