चीनले लगायो अमेरिकी सभामुख पेलोसीविरुद्ध प्रतिबन्ध

बेइजिङ । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ।

आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ।

‘चीनको गम्भीर चासो र कडा विरोधलाई बेवास्ता गर्दै अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीबाट ताइवान क्षेत्रको भ्रमण भयो। यो चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप हो’, चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘यसले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई गम्भीर रूपमा कमजोर बनाउँछ। एक चीन सिद्धान्तलाई गम्भीर रूपमा कुल्चिन्छ। ताइवान राज्यको शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ ।’

पेलोसीको ताइवान भ्रमणलाई घ‌ृणित र उत्तेजक भन्दै चीनले पेलोसी र उनका परिवारका सदस्यहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

ुपेलोसीको घृणित र उत्तेजनापूर्ण कदमको जवाफमा जनवादी गणतन्त्र चीनको कानुन बमोजिम पेलोसी र उनको परिवारका सदस्यहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको छु, चिनियाँ विदेशमन्त्रालयले भनेको छ।

अमेरिकी सभामुख पेलोसीले बुधबार एक दिने भ्रमणका क्रममा ताइवान पुगेकी थिइन्।

पेलोसीको भ्रमणको चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको थियो । चीनले अहिले ताइवानवपरिपरि सैन्य अभ्यास गरिरहेको छ। ताइवानको भूमितर्फ केही मिसाइल पनि हानिएको छ।

पेलोसीले ताइवानको संसदमा सम्बोधन गर्नुका साथै राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी थिइन्। उनले ताइवानको पक्षमा अमेरिका बलियोसँग उभिने बताएकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति