नेपाल ‘एक चीन नीतिप्रति प्रतिवद्ध’, चीनले लगायो पेलोसीलाई ‘प्रतिवन्ध’

काठमाडौँ २०साउन । अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ‘नेपालले सधैं एक चीन नीतिुको समर्थन गरेको छ । यसमा तलमाथि हुंदैन ‘।

‘पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपालले एक चीन नीतिको समर्थन गर्दै आएको छ । दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ लम्सालले भनिन्, नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।’
पेलोसमाथि चिनिया प्रतिवन्ध

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ।
आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ।
ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरिया हुँदै जापान पुगेकी छन्। त्यहाँ उनले ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले आफूले भ्रमण नगरेको बताइन्।
ष्लखयतभअज
‘ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले मेरो भ्रमण भएको होइन। अमेरिका र ताइवानबीचको सौहार्द मित्रताप्रति चीन खुसी छैन,’ उनले भनेकी छन्।
पेलोसीको भ्रमण लगत्तै चीनले ताइवान केन्द्रीत सैन्य अभ्यास जारी राखेको छ।
चीनले पेलोसीको प्रतिनिधि मण्डलमा सहभागी भएका अन्य सांसदहरूलाई पनि प्रतिबन्ध लगाउने बताएको छ।

अमेरिका सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो सर्वभौमिकतामाथिको आक्रमण भनेको छ । ताइवानको तटको नजिकै विभिन्न ५ दिने युद्ध अभ्यास सुरु गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board