परराष्ट्रमन्त्री खड्काले चीनको भ्रमण गर्ने 

काठमाडौं, २० चैत । परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । 

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । 

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते  हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति