चितवन–मुग्लिङ खण्डको केराबारीमा फेरि पहिरो, सडक अवरुद्ध

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा ठुलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

चितवन प्रहरीका अनुसार राति गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमबार राति केराबारीमा नै गएको ठुलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको हो ।

बुधबार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएका कारण लामो यात्रामा रहेका यात्रुहरु पुनः समस्यामा परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति