बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ : परराष्ट्रमन्त्री खड्का

उदयपुर । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताए ।

बिहीबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका विभिन्न स्थान र कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन् ।

उनले बाढीका कारण हजारौँ विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्ने काम सुरु हुने बताए ।

कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board