पेलोसीको ताइवान भ्रमणले तनाव सिर्जना गर्‌‍याे: गुटेरेस

साउन १९ , संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सिर्जना गरेको बताएका छन्। उनले विश्व निकायको एक चीन नीति रहेको समेत बताएका छन्।

युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सोबारे स्पष्ट पारेका हुन्।

हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालतहुन्छ गुटेरेसले भने।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा प्रस्ताव २७५८ पारित गरेको थियो जसले संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको वैध अधिकार पुनर्स्थापित गर्दै पीआरसी सरकारका प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघमा चीनको एक मात्र वैध प्रतिनिधिका रूपमा मान्यता दिने निर्णय गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति