चीनले ताइवान नजिक २ मिसाइल प्रक्षेपण गर्यो

काठमाडौं १९ साउन । चीनको स्वशासिसत क्षेत्र मानिने ताइवान नजिकै चीनले सैन्य अभ्यास थाल्दै दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।

अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी सभामुख पेलोसीले छापामार शैलीमा गत मंगलबार ताइवानको भ्रमण गरेपछि ताइवान पेनिन्सुलामा तनाव बढेको छ । पेलोसीले ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै ताइवानी स्वतन्त्रताको पक्षमा अमेरिका रहेको बताएपछि बेइजिंगले कडा प्रतिक्रिया जनाएको छ । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।
चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग–वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board