ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

एजेन्सी । विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ । देशको सरकारी सञ्चार मुख्यालयले ह्याकरहरूले मेसिन ह्याक गर्न लागेको चेतावनी दिएकाले मतदान प्रभावित हुने भएको जनाएको छ ।

करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भए पनि ह्याकरको चेतावनीका कारण ती मतपत्र ढिलोमा अगस्ट ११ सम्ममा पुग्न सक्ने बताइएको छ ।

यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यलाई पठाइने हुलाकी मतपत्रमा कोड खारी प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनाकबीच ‘पोस्ट वा अनलाइन’ द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेसनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ । मंगलबार साँझ एउटा इमेललाई संकेत गर्दै बेलायतस्थित एक सञ्चार माध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, “तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरूमा भनेभन्दा अलिपछि तपाईंसँग आउने छ ।”

समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, “कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौँ, जसले हामीलाई केही ढिला बनाएको छ ।”

पहिलो अनलाइन मतदान प्रणालीअन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्न सक्ने, साथै मतपत्रमा देखिने कोड भएका हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्बिर अनलाइनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो ।

परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिने छ । स्मार्केट्सका अनुसार ब्रिटिस विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेकी छन् जबकि ऋषि सुनाकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ । पार्टी सदस्यहरूले सुनाकले बोरिस जोन्सनलाई पदच्युत गर्ने भूमिका खेलेको विश्वास गरेका कारण सुनाकप्रतिको समर्थन कम देखिएको छ ।

ट्रसलाई समर्थन गर्ने र उनलाई सरकार निर्माण गर्न सघाउन चाहेका टोरी सदस्यहरूमा ज्याकोब रिज–मोग, नाडिन डोरिस र बोरिस जोन्सन रहेका छन् । अर्कोतर्फ, हालैको यु–गोभ सर्वेक्षणअनुसार सुनाकलाई समर्थन गर्ने टोरी सदस्यहरूमा टम टुगेन्हाट, माइकल गोभ, साजिद जाविद र जेरेमी हन्ट रहेका छन् ।

सरकारी अधिकारीहरूले राजीनामाको विवादमा जोन्सनलाई जुलाई ७ मा पदबाट हट्न बाध्य गरिएपछि नेतृत्वका लागि दौड सुरू भएको हो । नयाँ टोरी नेता निर्वाचन जितेर नआउँदासम्म कानुनअनुसार जोन्सनले प्रधानमन्त्रीको पदमा रही जिम्मेवारी सम्हालिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board