चीनको सैन्य अभ्यास गैरजिम्मेवार : अमेरिका

एजेन्सी । अमेरिकाले सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उनले चेतावनी दिएका छन् ।

‘हामी विश्वास गर्छौँ कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन,’ राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भने ।

बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको बदलास्वरूप ताइवानलाई घेरेर सैन्य अभ्यासको तयारी गरेको छ । ताइवानलाई चीनले आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गरेको छ ।

सुलिभानले बेइजिङलाई ताइवान स्ट्रेटमा तनाव कम गर्न आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति