चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

न्युयोर्क । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ,’ पेलोसीले विज्ञप्तिमा भनिन् ।

एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।

भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्नसलाई बोलाएको थियो ।

चिनियाँ उपविदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी चेतावनी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board