के चीनले ताइवानमाथि आक्रमण गर्ला ?

काठमाडौँ । चीनले आफ्नो भूभाग नजिकका ६ वटा जलीय क्षेत्रमा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि ताइवानको रक्षा मन्त्रालयले चीनले के सन्देश दिन चाहेको भन्नेबारे आफूलाई कुनै शंका नै नरहेको बताएको छ । ताइवानी रक्षा मन्त्रालयले भनेको छ, “उनीहरू समस्याको समाधान शान्तिपूर्वक नभइ बलपूर्वक गर्न चाहन्छन् ।’

तर, के चीनले चाहेमा ताइवानलाई बलपूर्वक प्राप्त गर्न सक्ला ?

सी जिनपिङको नेतृत्वमा चीनको जनमुक्ति सेनाले आफूलाई यति परिमार्जित गरिसकेको छ कि ताइवान कब्जा गर्ने अभियान धेरै नै सम्भव देखिन्छ । तर, अझै पनि चीनको सेनालाई नियाल्दै आएका विशेषज्ञ र अधिकारीहरू भने विशेष गरी युक्रेनमा रूसको समस्याग्रस्त युद्ध उदाहरणको रूपमा रहेको वर्तमान स्थितिमा चिनियाँ फौज र सी आफैँ पनि ताइवानमाथि आक्रमण गर्न तयार होलान् भन्ने कुरामा सहमत देखिँदैनन् ।

अन्तर्राष्ट्रिय अध्ययनका लागि स्टान्फोर्ड युनिभर्सिटीको फ्रिम्यान स्पोग्ली इन्सिट्च्युटका अनुसन्धानकर्ता ओरियाना स्काइलर मस्ट्रो भन्छिन्, ‘मानिसहरूले चीनले ताइवानमा आक्रमण गर्न सक्ला वा नसक्ला भन्नुको अर्थ वास्तवमा चीनले बेहोर्नु पर्ने सम्भावित युद्धको खर्च, जहाजको विनाश र फौजले ज्यान गुमाउनु पर्ने जस्ता कुरालाई इंगित गर्दछ । अमेरिकी नीति निर्माताहरूले भने फौज प्रयोग गर्ने चीनको तयारी अवस्थालाई हल्का रूपमा लिन सक्दैनन् । तर, आक्रमण गरेको खण्डमा चीनले युद्धका मूल्य चुकाउनुपर्ने नै हुन्छ । यदि युद्धमा अमेरिकाले आएर ताइवानमा सहयोग गर्ने हो भने कति रगत बग्ने छ ?’

सन् १९७९ मा अमेरिकाको कांग्रेसमा पारित गरिएको विधेयकअनुसार यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकी सेनाले हस्तक्षेप गर्न सक्छ । तर, यो प्रावधान लागु गराउन अमेरिकी राष्ट्रपति बाध्य छैनन् ।

चिनियाँ जनमुक्ति सेना जल र हवाई मार्गबाट दशौँ हजार फौज ताइवान पठाउन र त्यहाँ आफ्नो नियन्त्रण जमाएर बन्दरगाह, रेलवे, सञ्चार केन्द्रहरूलगायत सम्भावित प्रतिरोध लडाकु भरिएका सहरहरूमा फौज परिचालन गर्न कति सक्ष्म छ भन्ने अर्को प्रमुख प्रश्न उठ्छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको वार्षिक प्रतिवेदनमा चीनले विश्वकै सबैभन्दा ठुलो नैसेना र युद्धपोतहरू तयार पारेको छ । तर, ताइवानमा आक्रमण भएको खण्डमा चीनले अन्तर्राष्ट्रिय हस्तक्षेप आमन्त्रण गरेको स्थिति आउनसक्ने पनि प्रतिवेदनमा उल्लेखित छ ।

सोमबार जनमुक्ति सेना स्थापना भएको ९५औँ वार्षिक दिवसको अवसरमा आधिकारिक लिवरेसन आर्मी डेलीले सन् २०२७ सम्ममा सेनाको प्रमुख भागको आधुनिकीकरण लक्ष्य हासिल गरिसक्ने राष्ट्रपति सीको लक्ष्यमा जोड दिएको छ ।
द न्युयोर्क टाइम्सबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति