नेपालमा ९१५ कोरोना संक्रमित थपिए

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board