पोखरामा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

कास्की, १८ साउन । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।

गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी बृद्धालाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो ।

बस सहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति