श्रीमान्‌ले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

बुटवल । रुपन्देहीमा वैवाहिक बलात्कारविरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन् ।

तिलोत्तमा नगरपालिका–१७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागुपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमान्‌ले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छन् । उजुरीलगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।

आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board