अखिल क्रान्तिकारीको दुवै पक्षसँग प्रचण्डको छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् ।

पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए ।

संगठनमा विवाद लामोसम्म राख्न नहुने भन्दै प्रचण्डले यसबारेमा स्थायी कमिटीले केही निर्णय गर्ने बताएको कार्कीको भनाइ छ । प्रचण्डले पदाधिकारी चयनमा केही कमजोरी भएको स्वीकार गर्दै सुधारेर जानेबारे छलफल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति