९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडाैँ । ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भइ फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बंगलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति